एमसिसीबारे निर्णायक छलफल गर्न गठबन्धनका शीर्ष नेतृत्वको बैठक बिहीबार बस्ने
काठमाडौं । अमेरिकी परियोजना एमसिसी संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलभित्रै खटपट भएपछि बिहीबार गठबन्धन दलहरूको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओमादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
मल्लका अनुसार बिहीबार ३ बजे दिउँसो गठबन्धनका शीर्ष नेताहरूको बैठक वालुवाटारमा बस्ने सहमति भएको छ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी बुधबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने सम्बन्धमा परामर्श गरेका थिए ।
आजको संसद् बैठकले उक्त बिल अगाडि बढ्ने विश्वास लिएका थिए । तर नेपाली कांग्रेसबाहेक गठबन्धनका अन्य दल संशोधन नगरी एमसिसी संसद्बाट पारित हुन नसक्ने अडान लिँदै आएका छन् ।
एमसिसी पारित गर्ने सम्बन्धमा गठबन्धन दलहरूबीच विवाद भएपछि सरकारले आज संसद्का पेश गर्न लागिएको बिल स्थगित भएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया