एमसिसीविरुद्ध नारायणकाजी निस्किए सडकमा, संसद्मा टेबल नभएपछि आन्दोलन मत्थर

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ एमसिसीविरुद्ध प्रदर्शन गर्न सडकमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने कार्यक्रम भएसँगै उनी नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।
माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शन नेता श्रेष्ठ सहभागी भएका थिए ।
आज एमसिसीविरुद्ध विभिन्न ६ वाम घटकले नेपा बन्दको आयोजना गरेका थिए । साथै आज बिहानैदेखि विभिन्न संगठनले विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसिसी आजको बैठकमा टेबल नगर्ने सहमति भएपछि आन्दोलन केही मत्थर भएको छ ।
ताजा अपडेट
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
प्रतिक्रिया