एमसिसीविरुद्ध नारायणकाजी निस्किए सडकमा, संसद्मा टेबल नभएपछि आन्दोलन मत्थर
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ एमसिसीविरुद्ध प्रदर्शन गर्न सडकमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने कार्यक्रम भएसँगै उनी नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।
माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शन नेता श्रेष्ठ सहभागी भएका थिए ।
आज एमसिसीविरुद्ध विभिन्न ६ वाम घटकले नेपा बन्दको आयोजना गरेका थिए । साथै आज बिहानैदेखि विभिन्न संगठनले विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसिसी आजको बैठकमा टेबल नगर्ने सहमति भएपछि आन्दोलन केही मत्थर भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया