एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडाैं । काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा उत्रिएका हुन् । मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप हुँदा बानेश्वर क्षेत्रमा केही तनावको स्थिति देखिएको छ । विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । (रासस)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया