अख्तियारद्वारा तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति आज उक्त अदालतमा मुद्दा दायर गरेको हो ।
घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनुपर्ने मागदाबी गर्दै आयोगले निजको छोरा नवीनकुमारको बैंक खातामा रु ४० लाख जम्मा भएको जनाएको छ । आयोगले नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी मुद्दा दायर गरेको हो ।
आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले रु २५ लाख दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ ।
ग्याल्जेनको मृत्यु भइसकेकाले सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार कारबाही हुन माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया