शैक्षिक सत्र वैशाखमै सुरु, पठाइ जेठ १ गतेदेखि
काठमाडौं । नयाँ शैक्षिक सत्र आगमाी वर्षको वैशाखदेखि नै सुरु हुने भए पनि सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन भने जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको मन्त्रालयको निष्कर्ष छ । यसर्थ, वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहरले करिब कदुई महिना बन्द भएका रहेका शैक्षिक संस्था फागुन १ गतेदेखि भौतिक रूपमै पठनपाठन सुरु भएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया