एमालेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेकपा (एमाले)का संघीय सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणीको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जुम्लाकी माओवादी नेतृ तथा शिक्षिका शान्ति शाहीले बानियाविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले बुधबार पक्राउ पूर्जी जारी गरेको हो ।
आफूले बानियालाई २५ लाख रुपैयाँ सापटी दिएको सो फिर्ता गर्न रकम फिर्ता गर्न होटलमा बोलाएर जबरजस्ती करणी गरेको शाहीको दाबी छ ।
सामाजिक सञ्जालमार्फत यो विषय सार्वजनिक गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । यसअघि प्रहरीले आलटाल गर्दै आएको बताइएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया