बराबरी खेले आर्मी र हिमालयन शेर्पाले (अंक तालिकासहित)
काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुङ्गिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे । तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुङको पासमा गोल गरेका हुन् ।
यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथूले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए ।
यस बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ । त्यस्तै समान खेलको हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया