NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

दुर्घटनामा एकको मृत्यु

रुकुम पूर्व । जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठक्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ ।

रा १ त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ पल्टिँदा परियार किचिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याएपछि मृत घोषणा गरिएको थियो । परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आएका थिए ।

सोही ट्र्याक्टरको ठक्करबाट परियारकी श्रमती ४३ वर्षीया सीता घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष