दुर्घटनामा एकको मृत्यु
रुकुम पूर्व । जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठक्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ ।
रा १ त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।
प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ पल्टिँदा परियार किचिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याएपछि मृत घोषणा गरिएको थियो । परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आएका थिए ।
सोही ट्र्याक्टरको ठक्करबाट परियारकी श्रमती ४३ वर्षीया सीता घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया