च्याम्पियन्स लिगमा बायर्नको कठिन बराबरी
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जर्मन बायर्न म्युनिखले कठिन बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग कठिन एक एक गोलको बराबरी खेलेको हो ।
अन्तिम १६ को पहिलो लेगमा आफ्नै मैदानमा साल्जबर्गले बायर्नविरुद २१ औं मिनेटमा गोल गरी खेलमा अग्रता बनाएको थियो । साल्र्जबर्गका लागि अडामुले गोल गरेका थिए । यही नतिजाले खेल जिततर्फ अघि बढिरहँदा ९० मिनेटमा बायर्नका लागि किंग्सले कोमनले बराबरी गोल गरी टिमको हार टारेका थिए ।
बराबरी भए पनि खेलमा नियन्त्रण भने बायर्नले जमाएको थियो । ७२ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि बायर्न हारबाट जोगिंदै बराबरी गर्न भने सफल भयो । यी दुई टिमबीचको अर्को म्याच आगामी ९ मार्चमा हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया