भन्सार एजेन्ट परीक्षाको परीक्षा केन्द्र तोकियो
काठमाडाैं । भन्सार विभागले खुलाइएको भन्सार एजेन्टको लिखित परीक्षाको केन्द्र तोकिएको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ४५ वटा परीक्षा केन्द्र तोकेको हो ।
कोभिड-१९ का कारण स्थगित भएको लिखित परीक्षा सञ्चालन गर्ने भएकाले सरकारले तोकेको सुरक्षा सम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन गर्ने गरी तोकिएको हो । विभागले आगामी फागुन २८ गते शनिबार २ बजे लिखित परीक्षा सञ्चालन गर्ने भएको छ ।
परीक्षार्थीले विभागको वेबसाइटमा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् आवेदकले आफ्नो युजर लगइन गरी डाउनलोड प्रवेश पत्र बटम क्लिक गरी त्यसमा देखिने अप्सनमा टिक लगाई डाउनलोड अप्सनमा क्लिक गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिनेछ । साथै, यस सम्बन्धमा थप जानकारीको लागि विभागको वेवसाइट https://customs.gov.np/storage/img07855.pdf मा रहेको म्यानुअलमा हेर्न सक्ने विभागले जनाएको छ ।
उम्मेदवारले कालो मसी मात्र भएको डटपेनरकलमले उत्तरपुस्तिकाको निर्धारित कोठामा एउटामा मात्र सही उत्तर जनिने गरी निर्धारित कोठामा धब्बा लागाउनुपर्नेछ । पेन्सिलले लेखेकोलाई मान्यता नदिइने विभागले जनाएको छ ।
प्रत्येक गलत उत्तरको लागि २० प्रतिशत अंक कट्टा गरिनेछ । परीक्षाकेन्द्रमा मोबाइल फोन लैजान निषेध गरेको छ भने परीक्षा केन्द्रमा प्रवेश पत्रसहति सक्कलै नेपाली नागरिताको प्रमाणपत्र साथमा लिई आउनुपर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया