देउवाले अमेरिकी राजदूतसँग सोधे, ‘एमसिसीको समयसीमा सार्न मिल्दैन ?’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बुधबार साँझ बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनको विषयले पेचिलो बनिरहेका बेला प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटर्वा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यतिबेला नेपालमा एमसिसी विवादले चरम रूप लिइरहेको छ । सत्ता गठबन्धनकै दलहरू एमसिसीबाट पछि हटेपछि प्रधानमन्त्री देउवा अफ्ठयारोमा परेका छन् । यसले अमेरिकासँगको उनको सम्बन्धमा पनि दरार उत्पन्न भइरहेको आँकलन गरिएको छ ।
बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्ता गठबन्धनकै कारण एमसिसी अगाडि बढाउन नसकिएको प्रस्ट्याएको स्रोतले जनाएको छ । उनले एमसिसीविरुद्ध भइरहेको प्रदर्शनबारे पनि राजदूतलाई जानकारी गराएका थिए ।
एमसिसी पारित गर्नलाई अमेरिकाले नेपाललाई यसै फेब्रुअरी अन्तिमसम्मको समयसीमा दिएको छ । प्रधानमन्त्री देउवाले समयसीमा बढाउन सकिने–नसकिने विषयमा राजदूतसँग कुरा राखेको बताइएको छ ।
राजदूत बेरीसँगको भेटपछि प्रधानमन्त्री देउवाले आजैमात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ब्रिफिङ गरेका थिए ।
त्यसपछि सत्ता गठबन्धनको निर्णायक बैठक सारिएको छ । आज दिउँसो ३ बजेलाई बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया