फेरि सर्याे कांग्रेसका १६ जिल्लाको अधिवेशन
काठमाडौं । कांग्रेसका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै १३ फागुनका लागि तोकिएको १६ जिल्लाको अधिवेशन १५ फागुनमा गर्ने गरी सारेको हो । यस अघि पनि पटकपटक १६ जिल्लाको अधिवेशन घोषणा हुँदै सर्दै आएको छ ।
१४ औं महाधिवेशनका क्रममा अधिवेशन हुन नसकेका १६ जिल्लामा प्रदेश २ का सत्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी मधेस प्रदेशका ८ जिल्ला छन् । त्यस्तै, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली छन् ।
१६ जिल्लाका बाहेकका जिल्लामा पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन फागुन १० भित्रै हुने पनि निर्वाचन समितिले जनाएको छ ।
पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्यमा उम्मेदवार हुन नपाउने निर्णय पनि निर्वाचन समितिले गरेको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनित गर्ने बढीमा सात सात जना क्षेत्रीय प्रतिनिधिले पार्टीको चौधौं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने पनि निर्वाचन समितिको निर्णय छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया