NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ४२ करोड, साढे ५८ लाखभन्दा बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४१ करोड ८५ लाख १५ हजार जना पुगेको छ ।

त्यस्तै कोरोनाबाट ५८ लाख ७० हजारले ज्यान गुमाएका छन् । यो कुल संक्रमितको १.४ प्रतिशत हो ।

बिहीबारसम्ममा ३४ करोड २० लाख ७ लाख कोरोनामुक्त भएको वर्डोमिटरको तथ्यांकमा उल्लेख छ । जुन कुल संक्रमितको ८१.८ प्रतिशत हो । त्यसैगरी विश्वभर सक्रिय संक्रमितको संख्या ७ करोड ६ लाख ३६ हजार रहेको छ । यो कुल संक्रमितको १६.९ प्रतिशत हो ।

सबैभन्दा बढी कोरोना फैलिएको राष्ट्रमध्ये अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या ७ करोड ९८ लाख ८ हजार पुगेको छ । अमेरिकामा कोरोनाका कारण नौ लाख ५२ हजारले ज्यान गुमाएका छन् भने ५ करोड ८ लाख २१ हजार निको भई घर फर्किएका छन् । अमेरिकामा गत २४ घण्टामा मात्रै एक लाख १५ हजार नयाँ संक्रमित थपिएका थिए भने दुई हजार ८०२ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकापछि धेरै कोरोना संक्रमित हुने देश भारतमा गत २४ घण्टामा मात्रै ३० हजार नयाँ संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या चार करोड २७ लाख ५४ हजार पुगेको छ । त्यस्तै गत २४ घण्टामा भारतमा थप ५३८ जनाले ज्यान गुमाएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख १० हजार पुगेको छ ।

धेरै कोरोना फैलिएको देशमध्ये तेस्रो नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई करोड ७८ लाख १२ हजार पुगेको छ । त्यस्तै त्यहाँ कोरोनाबाट ६ लाख ४० हजारले ज्यान गुमाएका छन् भने दुई करोड ४५ लाख १६ हजार कोरोनामुक्त भइसकेका छन् ।