NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

तीन दलको बैठकपछि प्रचण्डले भने, ‘जसरी पनि गठबन्धन जोगाउन लाग्छौँ’

काठमाडौं । सत्तारुढ तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक सकिएको हो ।

बैठकपछि प्रक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धन जोगाउन जसरी भए पनि लागिपर्ने बताए ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ । एमसिसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला बैठक बस्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष