NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कांग्रेसमा यसकारण पराजित व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्

काठमाडौं । कांग्रेसको निर्वाचन समितिले पार्टीको कुनै पनि तहको अधिवेशनमा पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथि वा तल्लो तहको अधिवधेशनमा पदाधिकारी वा कार्यसमिितको सदस्यमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ ।

कांग्रेसको निर्वाचन समितिले विधानको धारा ५९ अनुसार यस्तो निर्णय गरिएको जनाएको छ । तर महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसमितिको सभापति बाहेकका अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछन् ।

त्यस्तै विधानको धारा ५१ (२) बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनित गर्ने बढीमा सात सात जना क्षेत्रीय प्रतिनिधिले पार्टीको चौधौं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने पनि निर्वाचन समितिको निर्णय छ ।