कांग्रेसमा यसकारण पराजित व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्
काठमाडौं । कांग्रेसको निर्वाचन समितिले पार्टीको कुनै पनि तहको अधिवेशनमा पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथि वा तल्लो तहको अधिवधेशनमा पदाधिकारी वा कार्यसमिितको सदस्यमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ ।
कांग्रेसको निर्वाचन समितिले विधानको धारा ५९ अनुसार यस्तो निर्णय गरिएको जनाएको छ । तर महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसमितिको सभापति बाहेकका अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछन् ।
त्यस्तै विधानको धारा ५१ (२) बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनित गर्ने बढीमा सात सात जना क्षेत्रीय प्रतिनिधिले पार्टीको चौधौं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने पनि निर्वाचन समितिको निर्णय छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया