अब नेपाल–भारत अन्तरदेशीय कारोबार क्यूआरबाटै गर्न सकिने
काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतिय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो ।
साथै यस सेवाको सुरुवात सँगै भारतीयहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र यी सेवाहरु सुचारु हुने र एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जानेछ ।
अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानीको सञ्जाल यूपिआइ भारतमा एनपीसिआईद्वारा सञ्चालनमा छ ।
यसले भारतको विद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रविधिमा आधारित यूपिआइ नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठुलो टेवा पुर्याउने विश्वास लिइएको छ ।
२१औं शताब्दिमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ ।
बैकिङ्ग प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउन नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले नेपाललाई “नगदरहित अर्थतन्त्र” को अभियान नै चलाएका छन् ।
नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अङ्गिकार गर्दै कम्पनीले अन्तर्राष्ट्रिय कारोबारसहितको यूपिआइ नेपाल प्रणाली सञ्चालन गर्न लागेको जनाएको छ ।
ताजा अपडेट
-
शुक्रबार र शनिबार उपत्यकामा प्रहरीको निशुल्क बस सेवा
-
सरकारी वकिलको गोप्य भिडियो खिचेर पैसा माग्ने पक्राउ
-
हनि ट्रयापिङमा इन्सपेक्टरविरुद्ध समेत मुद्दा चलाउने तयारी
-
उर्जामन्त्रीद्वारा कुलमानसँग स्पष्टिकरण, कुलमानद्वारा बक्यौता तिर्न उद्यमीलाई ताकेता
-
किन कमजोर बन्दैछन् नेपालीका हाड ? यस्तो छ कारण
प्रतिक्रिया