NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । हमाल पूर्वगैरआवासीय नेपाली हुन् ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरेको थियो ।  ढुंगानालाई हटाइपछि बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुदै आएको थियो ।

नवनियुक्त अध्यक्ष हमालले अब २ वर्ष काम गर्न पाउनेछन् ।