एमसिसीबारे निर्णायक छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । एमसिसीबारे निर्णय लिन सत्तारूढ दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसिसी संसदमा टेबल गराउने तयारी गरेका छन् । तर सत्ता सहयोगी दल माओवादी केन्द्र र नेकपा एस विपक्षमा लागेकोले यो बैठक निर्णायक मानिएको हो ।
माओवादी र एसले समर्थन नगरे पनि भोलि नै संसदमा एमसिसी टेबल गराउने तयारी प्रधानमन्त्री देउवाको छ । तर एमसिसी अघि बढे सरकारबाट बाहिरिने चेतावनी माओवादीले दिएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एसले पनि एमसिसी जबर्जस्त अगाडि बढाइए विपक्षमा मतदान गर्ने चेतावनी दिएको छ । तर देउवाले सत्ता सहयोगी दलको विकल्प खोजेर भए पनि एमसिसीलाई टुंगोमा पुर्याउने अडान लिएका छन् ।
यसका लागि देउवाले पार्टीका नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र डा. मीनेन्द्र रिजाललाई एमाले अध्यक्ष केपी ओलीसँग संवादको निम्ति खटाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा भइरहेको गठबन्धनको निर्णायक छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहित यी दलका सिनियर नेता सहभागी छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया