एमसिसीबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगियो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक निष्कर्णविहीन टुंगिएको छ ।
सहमति खोज्न भनेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार संसद्मा एमसिसी टेबुल गर्ने प्रस्ताव गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको सोही प्रस्तावको सेरोफेरोमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकाले दिएको मिति फागुन १६ (फेब्रअरी २८) सम्ममा एमसिसी पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहो¥याएको बताइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया