एमसिसीबारे भएन सहमति : कसको के अडान ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक निष्कर्णविहीन टुंगिएको छ ।
सहमति खोज्न भनेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार संसद्मा एमसिसी टेबुल गर्ने प्रस्ताव गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको सोही प्रस्तावको सेरोफेरोमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकाले दिएको मिति फागुन १६ (फेब्रअरी २८) सम्ममा एमसिसी पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए । यसकारण देउवा जसरी भए पनि भोलि एमसिसी संसद्मा टेबुल गर्ने अडानमा देखिएका छन् ।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहो¥याएका थिए । त्यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ दिएका थिए ।
साथै, उनीहरूले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै आपत्ति जनाएका थिए । एमसिसीबारे पनि संसद्मा छलफल गर्नुपर्ने अडान राखेका थिए ।
उनीहरूले एमसिसी संसद्मा टेबल गर्नुअघि एमालेसँग पनि सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
एमसिसीबारे सहमति हुन नसकेपछि अब सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया