सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि देउवा पुगे बालकोट, ओलीसँग वार्ता हुँदै

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार संसद्मा एमसिसी टेबुल गर्ने प्रस्ताव राखे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा समर्थन गरेनन् । उनले संसद्को अवरोध हट्नुपर्ने पुरानै अडान दोहो¥याए ।
त्यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ दिए । त्यसपछि सत्ता गठबन्धनमा सहमति जुट्न सकेन ।
यसपछि प्रधानमन्त्री देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच अहिले वार्ता जारी छ ।
देउवा एमसिसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया