प्रतिनिधिसभा बैठक बस्दै, होला एमसिसी टेबुल ?

काठमाडौं । बुधबार केहीबेर बसेर स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्ने मुडमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पास गर्न नहुने अडानमा छन् । माओवादी केन्द्रले त एमसिसी संसद्मा जबरजस्ती पेश गरिए सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ ।
सत्ता साझेदार दलबीच एमसिसीमा सहमति निर्माणको प्रयास जारी छ । तथापि, अहिलेसम्म मिलन बिन्दु भेटिइसकेको छैन । अहिले केहीबेरमा यी दलहरू पुनः छलफलमा जुट्दै छन् ।
त्यसैले आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया