एमसिसीबारे शुक्रबारको बैठक पनि निष्कर्षविहीन, तीन मन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं । एमसिसीबारे छलफल गर्न बसेको सत्तारुढ दलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार राति सहमति नजुटेपछि शुक्रबार बिहान १० बजेपछि बैठक बसे पनि कुनै सहमति नभएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रिय हितमा रहेको भन्दै पास गरेर जानुपर्ने बताएका थिए । तर एमसिसी जस्ताको तस्तै पास गरेर जान सत्तारुढ दलका माओवादी, नेकपा एससहितका दल तयार नभएका हुन् ।
बैठकपछि नेकपा एसका नेता माधवकुमार नेपालले एमसिसी पास गर्नका लागि सहमतिमा अघि बढौं भन्ने प्रधानमन्त्रीको प्रस्ताव रहे पनि आफूहरूले आइतबारसम्म कुर्न आग्रह गरेको जानकारी दिए । दलहरूले अडान नछोडेपछि निर्णायक भनिएको शुक्रबारको बैठकले पनि कुनै निकास दिन सकेन ।
माओवादी, नेकपा एस र जसपाका नेता बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीसँग छलफल गरेका छन् ।
छलफलमा गृहमन्त्री बालकृष्ण खाण, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु सहभागी छन् ।
प्रधानमन्त्री देउवाले सत्ता सहयोगी दलले एमसिसीमा सहमति नदिए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि पास गरेरै छोड्ने तयारी गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया