कुरा मिल्दैन भने सत्ता गठबन्धन अब चलिराख्दैन : गगन थापा
काठमाडौं । कांग्रेस नेता गगन थापाले एमसिसीको विषयमा कुरा नमिले अब सत्ता गठबन्धनलाई चलाइराख्न नसकिने बताएका छन् । संसद् बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै थापाले अब सत्ता गठबन्धनमा कुरा नमिल्ने सँगै अघि बढ्न नसकिने बताएका हुन् ।
‘अब सिधा छ । हामीहरूबीच कुरा मिल्यो भने सत्ता गठबन्धन चलिरहन्छ’ उनले भने, ‘अब हामीबीच कुराकानी पनि नमिल्ने र सहमति पनि नहुने हो भने गठबन्धन चलिरा्रख्छ भन्ने हँुदैन ।’ सत्ता गठबन्धन एमसिसीको लागि मात्रै नबनेको पनि उनले प्रष्ट्याए ।
एमसिसीलाई अब अड्काएर राख्न नहुने भन्दै संसदमा ल्याएर पास वा फेल जे भए पनि एउटा टुंगोमा पुर्याउनुपर्ने बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया