नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता
काठमाडाैं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्येश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ ।
कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीओ) सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरे ।
कार्यक्रममा डीसीओ शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने बताए । साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तरास्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको जनाएकाे छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया