एमसिसीको तनावले माओवादी केन्द्रीय समितिको बैठक स्थगित
काठमाडौं । पछिल्लो समयमा एमसिसीको विषयमा दलबीच श्रृंखलावद्ध छलफल चलेको भन्दै माओवादीले केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।
फागुन ८ र ९ का लागि बोलाइएको बैठक स्थागित गर्दै २० फागुनका लागि तोकिएको जानकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले दिए । पछिल्लो समय एमसिसीकै कारण सत्ता गठबन्धनमा खटपट आइरहेको छ ।
एमसिसी पास गर्न सत्ताको नेतृत्वकर्ता दल कांग्रेस खुलेर लागेको छ । तर सत्ता सहयोगी दल माओवादी र नेकपा एस संसोधनविना एमसिसी पास गर्न नहुने पक्षमा छन् ।
बिहीबार र शुक्रबार सत्तारूढ दलको बैठकमा एमसिसीलाई कसरी अगाडि बढाउने भन्नेमा कुरा नमिलेपछि फेरि बैठक आइतबार बस्ने गरी डाकिएको छ ।
यस्तै नियमित बैठक र भेटघाटमा व्यस्त हुनुपर्ने भन्दै माओवादीको बैठक सारिएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया