बालाजु दुर्घटनाका चालक धादिङबाट पक्राउ
काठमाडौं । काठमाडौंको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।
बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बसको ठक्करबाट काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया