NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
समाचार विश्लेषण

आन्तरिक विवादमा सीमित भएन एमसिसी, अमेरिका र चीनबीच पनि जुहारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे नेपालमा चरम विवाद भइरहेको छ । चरम विवाद पछिल्लो समय सत्ता गठबनधनमा पनि देखिएको छ । सत्तारढ कांग्रेस र जसपा एमसिसी पारित गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसिसीको विपक्षमा देखिएका छन् । सत्ताबिाहिर रहेको लोसपा पनि एमसिसीकै पक्षमा देखिएको छ ।

यता, अर्को सत्ता पक्षधर घटक राष्ट्रिय जनमोर्चाले भने यसअघि नै एमसिसी पारित गर्नु राष्ट्रघात हो भनिसकेको छ ।

प्रमुख प्रतिपक्षी एमाले भने एमसिसीबारे मौन छ । तर कतिपय सांसदले भने यसको विपक्षमा बोलिसकेका छन् ।

विप्लव समूह, माले, क्रान्तिकारी कम्युनिस्ट, राप्रपा, नेमकिपा, नेकपालगायत थुप्रै साना दल एमसिसी सम्झौदा राष्ट्रघाती रहेको बताइरहेका छन् ।

एमसिसीविरुद्ध विभिन्न सडक आन्दोलन भइरहेको छ । यस्तै विविध कारणले सरकारले एमसिसी संसद्मा टेबुलसमेत गर्न सकेको छैन ।

नेपालमा विवादित भएको एमसिसी अब अन्तर्राष्ट्रिय स्तरमा त्यो पनि शक्ति राष्ट्रसामु पुगेको छ । आजै मात्र एमसिसीलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू अमेरिका र चीनबीच जुहारी चलेको छ ।

अमेरिकाले यही फेब्रुअरीभित्र एमसिसी पारित गर्न नेपाललाई दबाब दिइरहेको छ ।

केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई फोन गरेर एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएका थिए ।

यसलाई लिएर अब उत्तरी छिमेकी चीनले प्रतिक्रिया जनाएको छ । यसले राजनीतिमा नयाँ तरंक पैदा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको त्यहाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग निशर्त नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन् ।

केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई फोन गरेर एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएका थिए ।

चीनले आज यसैको प्रतिक्रिया दिएको बताइएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताको भनाइ आएलगत्तै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो देशको परियोजना एमसिसीका सम्बन्धमा हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । उनले आज ट्विटरमार्फत यस्तो बताएका छन् ।

एमसिसीको विषयलाई लिएर खुला बहसको समर्थक रहेको स्पष्ट पार्दै राजदूत बेरीले लोकतन्त्रमा सबैलाई शान्तिपूर्ण तरिकाले धारणा राख्ने छुट भएको बताएका छन् ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं’, शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै उनले भनेका छन् ।

राजदूत बेरीले एमसिसीको बिषयमा आफूहरूको धारणा यही भएको बताएका छन् ।

‘लोकतन्त्रमा आफ्नो विचार व्यक्त गर्न पाउनु नैसर्गिक अधिकार हो । सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचार स्वीकार्य हुँदैनन् ।’

नेपाललाई लिएर विश्वका दुई महाशक्ति राष्ट्रबीच वाकयुद्ध हुनुलाई गम्भीर रूपमा लिइनुपर्नै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।

नेपाललाई रणभूमि बनाउने उद्देश्यले एमसिसी घुसाइएको हो कि भन्ने आमजनताले आशंका गरेका छन् ।