NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सेनाले तीन दिने वृहत प्रदर्शन गर्ने

काठमाडौं । नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ ।

केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्वन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रर्दशनी गरिँदैआएको छ । यही फागुन १७ गते महाशिवरात्रीका दिन सेना दिवस मनाइँदैछ ।

निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेनानायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्वन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गरी जानकारी हाँसिल गर्न सकिने छ । सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ पाँच प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ ।