एमसिसीबारेको निर्णायक छलफलमा नेकपा एस, ज्वाला भन्छन्– बलजफ्ती गरे सरकार छाड्छौं
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी) सम्बन्धमा पार्टीको ठोस धारणा सार्वजनिक गर्न सत्तारुढ दल एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।
अहिले बिहान ११ बजे होटल अर्यालमा बानेश्वरमा एकीकृत समाजवादीको बैठक सुरु भएको सो पार्टीका उप–महासचिव प्रकाश ज्वालाले नेपालवाचलाई जानकारी दिए ।
आजको बैठक एमसिसीमा केन्द्रित रहेर निष्कर्ष निकाल्ने उनले बताए ।
एमसिसीलाई लिएर दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच टकरावको स्थिति उत्पन्न हुनु उनीहरूको सवाल भएको प्रतिक्रिया पनि उनले दिए ।
‘नेपालमा एमसिसी पास गर्ने वा फेल गर्ने नेपालको आन्तरिक विषय हो,’ उनले भने, ‘यस विषयलाई लिएर दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच तनाव उत्पन्न हुनु हाम्रो सवाल होइन । उनीहरूको सवाल हो ।’
एमसिसी जबरजस्ती अघि बढाए सरकारबाट बाहिरिने चेतावनी उनले दिए ।
उनले एमसिसीमा भएको असमान प्रावधान परिमार्जन नभई संसदबाट एमसिसी अनुमोदन हुन नसक्ने बताए । ज्वालाका अनुसार स्थायी कमिटी बैठकले एमसिसीको विषयमा स्पष्ट निर्णय सार्वजनिक गर्नेछ । एमसिसी संशोधन गर्ने वा नगर्नेबारे सत्ता गठबन्धनमा मतभेद हुँदा एमसिसीलाई सरकारले संसदमा टेबुल गर्न सकेको छैन । एमसिसीबारे ठोस निर्णय गर्न गठबन्धनको बैठक आइतबार बस्दैछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया