एमसिसीबारेको निर्णायक छलफलमा नेकपा एस, ज्वाला भन्छन्– बलजफ्ती गरे सरकार छाड्छौं

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी) सम्बन्धमा पार्टीको ठोस धारणा सार्वजनिक गर्न सत्तारुढ दल एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।
अहिले बिहान ११ बजे होटल अर्यालमा बानेश्वरमा एकीकृत समाजवादीको बैठक सुरु भएको सो पार्टीका उप–महासचिव प्रकाश ज्वालाले नेपालवाचलाई जानकारी दिए ।
आजको बैठक एमसिसीमा केन्द्रित रहेर निष्कर्ष निकाल्ने उनले बताए ।
एमसिसीलाई लिएर दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच टकरावको स्थिति उत्पन्न हुनु उनीहरूको सवाल भएको प्रतिक्रिया पनि उनले दिए ।
‘नेपालमा एमसिसी पास गर्ने वा फेल गर्ने नेपालको आन्तरिक विषय हो,’ उनले भने, ‘यस विषयलाई लिएर दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच तनाव उत्पन्न हुनु हाम्रो सवाल होइन । उनीहरूको सवाल हो ।’
एमसिसी जबरजस्ती अघि बढाए सरकारबाट बाहिरिने चेतावनी उनले दिए ।
उनले एमसिसीमा भएको असमान प्रावधान परिमार्जन नभई संसदबाट एमसिसी अनुमोदन हुन नसक्ने बताए । ज्वालाका अनुसार स्थायी कमिटी बैठकले एमसिसीको विषयमा स्पष्ट निर्णय सार्वजनिक गर्नेछ । एमसिसी संशोधन गर्ने वा नगर्नेबारे सत्ता गठबन्धनमा मतभेद हुँदा एमसिसीलाई सरकारले संसदमा टेबुल गर्न सकेको छैन । एमसिसीबारे ठोस निर्णय गर्न गठबन्धनको बैठक आइतबार बस्दैछ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया