फ्रेन्ड्ससँग पराजित हुँदै च्यासल रेलिगेसनमा
काठमाडौं । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।
फ्रेन्ड्सको पजतमा जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ३८औँ मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३औँ मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।
च्यासलका अभिषेक लिम्बूले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ५६औँ मिनेटमा च्यासलका मौसा अबगानाले एक गोल फर्काए । मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि च्यासल २–१ ले पराजित भयो ।
फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजीव लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । यो जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको १२औँ स्थान छ । च्यासल १२ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया