एकीकृत समाजवादीको निर्णय : छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा एमसिसी परियोजना छलफलका लागि अगाडि बढाउन सैद्धान्तिकरूपमा सहमति दिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा आज बसेको स्थायी समितिको बैठकले यथास्थितिमा परियोजना पारित हुन नदिने तर छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै आएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया