राप्रपा नेपालको राजनीतिक आदर्श जनतामा केन्द्रित संवद्र्धनवाद

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न रजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताए । अध्यक्ष थापाले विविधताले भरिएको देशमा सबै जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरी सनातन हिन्दू राष्ट्र कायम गर्न सकेमा मात्र राष्ट्रिय एकता बलियो हुने विचार व्यक्त गरे ।
विगतमा पार्टी ठूलो बनाउने नाममा आफूले अस्वभाविक सम्झौता गरेकामा पश्चाताप व्यक्त गर्दै उने भने, “मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ, जीवन्त राष्ट्रवादी शक्तिको खाँचो छ ।”
अध्यक्ष थापाले विगत पाँच वर्षको अलमलले पार्टीको पहिचान गुमेकाले आफूहरू भूमिकाविहीन भएको प्रष्ट पारे ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया