NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

भारतका दुई राज्यमा आज विधानसभा चुनाव

काठमाडौं । भारतको पञ्जाब र उत्तर प्रदेशमा  आज विधानसभा चुनावका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु मतदान साँझ ६ बजेसम्म हुनेछ ।

विधानसभाअन्तर्गत पञ्जाबको ११७ क्षेत्रमा चुनाव हुन लागेको हो । यी क्षेत्रमा १ हजार ३०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उता, उत्तर प्रदेशमा पनि आजै विधानसभाअन्तर्गतको मतदान भइरहेको छ । यो प्रदेशको १६ जिल्लाका ५९ क्षेत्रमा मतदान भइरहेको हो ।

भारतमा सात चरणमा विधानसभा चुनाव गर्ने तय भएको छ । गत माघ २७ देखि सुरु चुनावको तेस्रो चरणअन्तर्गत आज दुई राज्यमा मतदान भएको हो ।

अन्तिम चरणको मतदान भने फागुन २३ मा हुँदैछ । सबै चरणका मतदान सकिएपछि मात्रै मतगणना सुरु गर्ने तयारी छ ।