बालुवाटारमा सुरु भयो सत्ता साझेदार दलको बैठक
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरूको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे छलफल गर्न गठबन्धन दलका नेताहरू जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन् ।
जारी बैठकमा अहिले एमसिसी प्रस्ताव संसद्मा पेश गर्नेबारे छलफल चलिरहेको बताइएको छ ।
एमसिसीबारे सत्ता साझेदार दल विभाजित छ । नेपाली कांग्रेस यथास्थितिमा एमसिसी संसदमा टेबुल गरेर पास गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनपछि मात्रै यसलाई अगाडि बढाउनुपर्ने अडानमा छन् ।
यही कारण एमसिसी टेबुल गर्न बोलाइएको एमसिसी बैठक पटकपटक स्थगित भएको छ ।
सत्ताधारी दलको आजको बैठक निर्णायक हुने बताइएको छ । बैठक सकिएपछि आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने नेपाली कांग्रेसको तयारी छ ।
एमसिसी पास गर्न अमेरिकाले फागुन १६ सम्मको समय दिएकाले सरकार दबाबमा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया