एमसिसी संसदमा टेबल गर्न सत्तारूढ दलबीच सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबल गर्न सत्तारूढ दलबीच सहमति जुटेको छ ।
बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसिसी संसदमा टेबल गर्न सहमति जुटाएको नेकपा एसका नेता माधवकुमार नेपालले जानकारी दिए । संसद बैठक आजै १ बजे बस्दैछ ।
एमसिसीलाई तत्काल पास गरेर जानुपर्ने कांग्रेस र संसोधनसहित पर्याप्त छलफल गरेर जानुपर्ने माओवादी केन्द्र र नेकपा एसबीच कुरा मिल्न सकेको थिएन । गत शुक्रबार सकारकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एमसिसीको विषयमा सत्तारूढ दलबीच निष्कर्ष निकाल्ने दाबी गरेका थिए ।
एमसिसी पास गरेरै छोड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी र नेकपा एसले नमाने एमालेको साथ लिएर भए पनि एमसिसी पास गरेर अघि बढ्ने तयारीमा थिए । एमसिसीको विषय सत्ता गठबन्धनमा नै समस्या आउने भएपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदमा एमसिसी पेश गर्न तयार भएका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया