NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले गरे पदभार ग्रहण

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आइतबार बोर्डको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको थियो । हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरेको थियो । ढुंगानालाई हटाइपछि बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुदै आएको थियो । नवनियुक्त अध्यक्ष हमालले अब २ वर्ष काम गर्न पाउनेछन् ।

हमालसँग २९ वर्ष सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव रहेको छ । त्यसैगरी उनीसँग १५ वर्ष विदेशमा काम गरेको अनुभव छ ।
उनले बैंककमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (युएनइपी) को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका थिए ।

हमालले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रिन हेरिटेज ग्रुपमा १५ वर्ष सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्म भएर काम गरेका थिए ।

उनले एनआरएन थाइल्यान्डको अध्यक्ष भएर २ कार्यकाल काम गरिसकेका छन् । साथै उनी थाइ(नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष पनि भइसकेका छन् ।

उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पूर्ण छात्रवृतिमा इन्टरनेसनल बिजेनस एन्ड फाइनान्समा एमबिए गरेका छन् । त्यसैगरी भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए ।