सवारी साधन दुर्घटनामा एकको मृत्यु

मकावनपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
मकवानपुर प्रहरी कार्यालयका अनुसार आज बिहान हेटाैंडा-८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना.६३प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा-१५ फायरलाइन बस्ने २५ वर्षीय विक्रम वाइवाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् ।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय रमेश वल घाइते भएकाले सोही अस्पतालमा उनको सोही अस्पतालमा उपचार भइरहेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया