संसदमा यसरी टेबल हुँदैछ एमसिसी
काठमाडौं । सत्ता गठबन्धनमा सकसपूर्ण सहमतिपछि संसद्मा एमसिसी टेबल हुँदैछ । सत्ता गठबन्धनमा विवादपछि निरन्तरको छलफलले एमसिसी संसदमा टेबल गरेर छलफल अघि बढाउने समझदारी भएको हो । यसै अनुरुप आज संसदमा एमसिसी पेश गर्ने कार्यसूची तय भएको हो । बैठक सुरू भइसकेकाे छ ।
प्रतिनिधिसभा बैठकका लागि लोकसेवा आयोगको विधेयक, राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहायता सम्झौता प्रस्तुत हुन लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले एमसिसी संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्न लागेका हुन् ।
एमसिसीमा माओवादी, नेकपा एसका केही नेता र राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया