संसदमा यसरी टेबल हुँदैछ एमसिसी

काठमाडौं । सत्ता गठबन्धनमा सकसपूर्ण सहमतिपछि संसद्मा एमसिसी टेबल हुँदैछ । सत्ता गठबन्धनमा विवादपछि निरन्तरको छलफलले एमसिसी संसदमा टेबल गरेर छलफल अघि बढाउने समझदारी भएको हो । यसै अनुरुप आज संसदमा एमसिसी पेश गर्ने कार्यसूची तय भएको हो । बैठक सुरू भइसकेकाे छ ।
प्रतिनिधिसभा बैठकका लागि लोकसेवा आयोगको विधेयक, राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहायता सम्झौता प्रस्तुत हुन लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले एमसिसी संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्न लागेका हुन् ।
एमसिसीमा माओवादी, नेकपा एसका केही नेता र राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया