एमसिसीविरुद्ध उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं । विभिन्न राजनीतिक दल तथा संगठनहरूले आज पनि अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रदशैन गरेका छन् । सोक्रममा बानेश्वरमा झडप भएको छ ।
एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगमुढा गरेका थिए भने प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनमा एकीकृत समाजवादीनिकट अनेरास्ववियूलगायत सहभागी थिए ।
विद्यार्थीहरूले एमसिसीको विरोध गर्दै बानेश्वरको सडकमै ‘एमसिसी स्वाहा’ भन्दै होम गरेका हुन् ।
जसमा अध्यक्ष सुदेश पराजुलीले सेतो कपडा लगाएर एमसिसीको स्वाहा गरेका थिए ।
त्यस्तै अन्य साना दलहरूल पनि माइतीघरमा भेला भएर एमसिसीको विरोधमा प्रदर्शन गरेका थिए । जसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका संगठन थिए ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया