एमालेका प्रमुख सचेतकले भने, ‘एमसिसीलाई लिएर हामीले संसद् अवरुद्ध गरेका होइनौंं’
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धन सरकारले एमसिसी संसद्मा टेबुल गरे पनि एमालेले उठाएको माग सम्बोधन नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने बताएका छन् । उनले आज नेपालवाचसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘संसद्मा विपक्षीले उठाएको मागबारे सभामुख तयार नभएसम्म पूर्वअडानमा हामी अडिग छौं । एमसिसी टेबल गर्ने वा नगर्ने सत्तापक्षको विषय हो । सत्तापक्षसँग बहुमत संख्या रहेकाले प्रतिपक्षको यसमा कुनै भूमिका छैन’, उनले भने, ‘हामीले एमसिसीलाई लिएर संसद् अवरोध गरेका पनि होनौंं । संसदका सभामुखजस्ता व्यक्ति दलको कार्यकर्ता बनेर पार्टी विभाजनको भूमिका खेल्न मिल्दैन ।’
सभामुख अग्निप्रसाद सापकोटाले कि राजीनामा दिनुपर्ने कि त एमालले कारवाही गरेका १४ सांसदलाई निष्कासन गरेको सूचना संसद्लाई जानकारी दिनुपर्ने प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
‘हाम्रा यी माग पूरा नभएसम्म हामी सभामुखले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा पनि जादैनौं । एमसिसीको सम्बन्धमा हाम्रो धारणामा कुनै परिवर्तन भएको छैन । आवश्यक परे पछि निर्णय लिन्छौं ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया