एमसिसीको विपक्षमा उभिने हाम्रो मत पहिले नै स्पष्ट छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसीको विपक्षमा उभिने आफूहरूको मत पहिलो नै स्पष्ट गरिसकेको बताएका छन् ।
एमसिसीविरुद्ध भएको विरोध प्रदर्शनमा उत्रिउका प्रदर्शनकारीमाथि प्रहरी दमन गरेकोप्रति विरोध जनाउँदै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
‘विवाद र विरोधका बीच सरकारले एमसिसी संसद्मा टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले यसको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ’, प्रचण्डको सचिवालयले फेसबुकमा लेखेको छ, एमसिसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

आज एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता–कार्यकर्ता घाइते भएका थिए ।
घाइते हुनेमा अध्यक्ष पञ्चा सिंहलगायत छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया