जावलाखेलको जित
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक–एक गोल गरे ।
यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबहादुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए । यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको १० औँ स्थानमा उक्लेको छ । समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया