NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३ जना पक्राउ

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । अहिले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको छ । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको छ ।

भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्नाका साथै सडक अस्तव्यस्त पारेका थिए ।

बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिको थियो ।