एमसिसीप्रति सत्ता गठबन्धनकै जनमोर्चाको असहमति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसिसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ ।
सो पार्टीकी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको उल्लेख गर्दै आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको जनाइन् ।
“सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसहमति हुन नसक्ने भएकाले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकाले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरूबाट अलग राखिएको हुन सक्दछ”, विज्ञप्तिमा भनिएको छ, “अहिले एमसिसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ ।”
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया