NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गत आवभन्दा ३३ अर्ब बढी राजश्व संकलन

पर्सा । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा पनि देखिएको छ ।

कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजश्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख रूपैयाँ राजश्व संकलन भएकामा चालु आवको सोही अवधिमा एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको संकलन राजश्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्य भन्दा चार दशमलव तीन प्रतिशत बढी अर्थात् पाँच अर्ब एक करोड ७८ लाख बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए ।

सवारी साधनको आयातबाट संकलित राजश्वमा २३ दशमलव २१ प्रतिशत र इन्धनको आयातमा ३७ दशमलव ९१ प्रतिशत बढी राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष