ट्रकले किचेर ड्युटीमा रहेकी महिला प्रहरी जवानको मृत्यु
काठमाडौं । ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा गएराति भएको दुर्घटनामा प्रहरी जवान ३६ वर्षीय कविता बुढा क्षेत्रीको मृत्यु भएको हो ।
शमशेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहामा अनियन्त्रित भइ पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान क्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।
घटना राति करिब १० बजेतिर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
उनका अनुसार तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना थियो ।
मृत्यु भएकी प्रहरी जवान क्षेत्री बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी हुन् ।
ट्रकले किचेर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरका दुईवटा स्कुटरसमेत पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसी रहेका छन् । घटनापछि उनलाई नियन्त्रणमा लिइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया