चन्दा नदिएकाले ममाथि आक्रमण भएको हो कि भन्ने लाग्छ : अध्यक्ष राना
प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर हातपात गरेका छन् ।
भूमि विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरूको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको अध्यक्ष रानाले बताए ।
तर के कारणले आफूहरूमाथि हातपात गरेको भन्ने कुरा भने कल्पना नै नगरेको उनकाे भनाइ छ । चन्दा नदिएको कारण उनीहरूले आक्रमण गरेको भन्ने उनले अनुमान गरेका छन् । ‘मलाई किन त्यस्तो व्यवहार गर्यो भनेर कल्पना नै गर्न सकेको छैन । मैले कुनै नराम्रो काम पनि गरेको जस्तो मलाई लाग्दैन,’ नेपालवाचसँग कुरा गर्दै उनले भने ।
रानाका अनुसार विप्लव समूहका कार्यकर्ताले केही दिनअघि चन्दा मागेका थिए । तर उनले नदिएको बताए । ‘समूहले ५० हजार चन्दा मागेका थिए । भेला, सम्मेलनको लागि, कुनै राम्रो कामको लागि हो भने दिन्छाै तर त्यतिकै दिन्न भनेर मैले फर्काए ।’
भूमी विकास आधारभूत विद्यालयका प्रधानाध्यापक यशोका श्रेष्ठको घरमै बस्दै आएकी १३ वर्षकी किशोरीले झुण्डेर आत्महत्या गरेपछि विद्यालय बन्द हुँदै आएको रानाले जानकारी गराए । पोस्टमाटर्म रिर्पोट भने आइनसकेको उनले बताए ।
किशोरीलाई सानै उमेरदेखि प्रधानाध्यापक श्रेष्ठले पाल्दै आएको अध्यक्ष रानाको भनाइ थियो । अब पठनपाठन कसरी अगाडि बढाउने विषयमा छलफल भइरहँदा उक्त समूह आएर हातपात गर्न थालेको उनले बताए ।
छलफल कार्यक्रममाा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशाकीय अधिकृत, शिक्षा अधिकृत, समन्वय एकाइको प्युठानका प्रमुख सबै शिक्षकहरू, अभिभावक उपस्थित थिए ।
विप्लव कार्यकर्ताले गापा अध्यक्ष र प्रशासकीय अधिकृतलाई हातपात गर्दै दले कालोमोसो
फेरि हिंसात्मक बाटोमा विप्लव समूह, यी ७ जनप्रतिनिधिमाथि कारबाहीको तयारी
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया