लोकसेवा आयोगको परीक्षा स्थगित
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ ।
सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।
आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताए । कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया