कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो ।
सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकूदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उनले बताए ।
महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेल हुनेछ । प्रतियोगीतामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिए ।
सो प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । म्यान अफ द सिरिजलाई रु पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई रु तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई रु तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया