कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने
कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो ।
सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकूदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उनले बताए ।
महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेल हुनेछ । प्रतियोगीतामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिए ।
सो प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । म्यान अफ द सिरिजलाई रु पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई रु तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई रु तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया